काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब चुनावमा हाेमिसकेकाे बताउनु भएकाे छ ।
आज बसेकाे राष्ट्रिय सभाको बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उहाँले साे जानकारी दिनुभएकाे हाे । 'यतिबेला देश अलिकति नयाँ मोड, नयाँ परिघटना र नयाँ परिदृश्यबाट अघि बढ्न खोजिरहेको छ, समय भन्दा अलिकति अगाबै प्रतिनिधि सभाको नयाँ निर्वाचनको लागि जाने तयारी गरिरहेका छौ'- प्रधानमन्त्रीले भन्नुभयाे ।
प्रतिनिधि सभा ५ वर्ष चल्नुपर्ने भएपनि सरकारलाई काम गर्न नदिएपछि विघटन गरेर चुनावमा जानुपरेकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे । 'विना विग्रह प्रतिनिधि सभाले आफूलाई लगातार देश र जनाताको सेवामा, संविधानको रक्षा कार्यान्वय, संघीय व्यवस्थाको रक्षा र कार्यान्वयनमा विना व्यवधान काम गर्न पाउने छ भन्ने हामीले सोचेका थियौँ, तर हामी सबैलाई थाहा छ सरकारलाई काम गर्न दिने वातावरण बनेन'- प्रधानमन्त्रीकाे भनाइ छ ।
सरकारलाई काममा व्यवधान खडा गर्नुे, जहिले पनि झमेला मात्र सिर्जना गर्ने, केही व्यक्तिका व्यक्तिगत आकांक्षा र पदलोलुपताका कारण काम गर्न नदिने, बहुमतलाई खण्डित गर्ने, बहुमतलाई ध्वस्त पार्ने, फेरि पनि जालझेल तिकडमबाट देशलाई अस्थिरताबाट धकेल्ने काम भएकाे उहाँकाे भनाइ छ ।
