काठमाडाैं । प्रदेश नम्बर-१ र वाग्मती प्रदेशकाे प्रदेश सभाकाे हिउँदे अधिवेशन आज सुरू हुँदैछ ।
प्रदेश-१ को हिउँदे अधिवेशन दिउँसाे २ बजे र वाग्मतीकाे दिउँसाे हिउँदे अधिवेशन दिउँसाे ३ बजे का लागि बाेलाइएकाे छ । दुबै प्रदेशकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठकलाई निक्कै महत्वसाथ हेरिएकाे छ ।
प्रदेश-१ र वाग्मती प्रदेश सरकारविरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाले बैठकलाई महत्वसाथ हेरिएकाे हाे । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई र वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध प्रचण्ड समूहका सांसद्हरूले अविश्वासकाे प्रस्ताव दर्ता गराएका छन् ।
दुबै प्रदेशका मुख्यमन्त्रीले अविश्वास प्रस्ताव सामना गर्न आफू तयार रहेको बताउनु भएकाे छ । यसअघि अविश्वास प्रदेशमा हस्ताक्षर गरेका नेकपाका केही सांसद् मूलधारमा फर्कने क्रम पनि जारी छ ।
