काठमाडाैं । प्रदेश-१ प्रदेश सभाकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठक केही समय बसेर स्थगित भएकाे छ ।
बैठकको सुरुमै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख सोमनाथ प्यासीको पत्र पढेर सुनाउनुभयाे । लगत्तै बैठक स्थगित भएकाे हाे ।
प्रदेश सरकारविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाले हिउँदे अधिवेशनकाे पहिलाे बैठकमा त्यसबारे छलफल हुन सक्ने बताइएकाे थियाे । तर बैठक सुरु हुनासाथ अनिश्चितकालका स्थगित भएकाे छ ।
प्रतिनिधि सभा विघटनपछि प्रचण्ड समूह नेकपाकाे मूलधारबाट बाहिरिएकाे छ । साे समूहका सांसद्ले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
