काठमाडाैं । वाग्मती प्रदेशको प्रदेश सभा बैठक आज बस्ने भएको छ ।
प्रदेश सभा सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसाे १ बजेका लागि बैठक बाेलाउनु भएकाे प्रदेश संसद् सचिवालयले जनाएकाे छ । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ ।
हिउँदे अधिवेशनकाे पहिलाे दिन बुधबार विभिन्न दलका नेताहरूले बाेलेका थिए । त्यसपछि बैठक स्थगित भएकाे थियाे ।
प्रचण्ड समूहका सांसद्ले मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । मुख्यमन्त्रीविरूद्ध ४५ जनाले अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
१ सय १० सदस्यीय प्रदेश सभामा कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद् एक जना छन् । बाँकी सांसद् नेकपाका छन् । विश्वासकाे मत लिन ५६ जनाले बहुमत पुग्छ ।
मुख्यमन्त्री पाैडेलले प्रस्तावकाे सामना गर्ने बताउनु भएकाे छ ।
