काठमाडाैं । वाग्मतीकाे प्रदेश सभा बैठक आज बसेकाे छ । प्रदेश सभा बैठकमा मुख्मन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएकाे छ ।
प्रदेश सभा सदस्य अरुण नेपाल साे प्रस्ताव पेस गर्नुभएकाे हाे । मुख्यमन्त्री पाैडेलविरुद्ध प्रचण्ड समूहका सांसद्ले अविश्वासकाे प्रस्ताव ल्याएका हुन् ।
पुस ५ मा प्रतिनिधि सभा विघटन भएकाे थियाे । त्यसकाे विराेधमा प्रचण्ड समूहले प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याएकाे हाे । प्रचण्ड समूहका ४५ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।
१ सय १० सदस्यीय प्रदेशसभामा अविश्वासकाे प्रस्ताव पारित हुन् ५६ जना सदस्य आवश्यक पर्छ । प्रस्तावकाे पक्ष र विपक्षमा प्रमुख प्रतिपक्षीकाे भूमिका नै निर्णायक बन्ने देखिएकाे छ ।
यता प्रस्तावकाे पक्ष वा विपक्षमा जाने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले वाग्मतीका सांसद्सँग छलफल गर्नुभएकाे छ । सभापति देउवा मुख्यमन्त्रीकाे पक्षमा रहनुभएकाे बताइएकाे छ ।
प्रदेश सभाको अर्काे बैठक माघ १९ गतेका लागि बोलाइएको छ ।
वाग्मती प्रदेश सभामा नेकपाका ८० जना सांसद् छन् । नेपाली कांग्रेसका २२ जना सदस्य छन्। बाँकी साना दलका सांसद् छन्
