काठमाडौ । प्रदेश १ को प्रदेश सभा बैठक माघ २५ गते बस्ने भएकाे छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आज सूचना निकालेर साे जानकारी दिनुभएकाे हाे । माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्ने सूचनामा उल्लेख छ ।
यसअघि माघ ७ गते हिँउदे अधिवेशनको पहिलाे बैठक बसेर प्रदेश सभा बैठक अनिश्चितकालका स्थगित भएको थियो । बैठकको सुरुमै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख सोमनाथ प्यासीको पत्र पढेर सुनाउनुभएपछि बैठक स्थगित भएकाे थियाे ।
प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड समूहका सांसद्ले अविश्वासकाे प्रस्ताव दर्ता गरेका छन् ।
