काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभालाई मर्यादित र सरकारलाई जनतामुखी बनाउन सांसद्को महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
गण्डकी प्रदेशसभा गठन भएको तीन वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा उहाँले संसद् प्रभावकारी भए संघीयता संस्थागत हुने बताउनुभयो ।
प्रदेशसभा सचिवालयमा बिहीबार राखिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले संविधानले तीन तहका सरकारलाई एकल र संयुक्त अधिकार दिएकोले सहकार्यबाट मात्र अघि बढ्न सकिने बताउनुभयो । उहाँले संसद्लाई प्रभावकारी र विश्वासनीय बनाउन पनि आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाले हालसम्म ४६ वटा ऐन पारित गरेको बताउनुभयो । ती मध्ये ४२ विधेयक प्रमाणित भएको उहाँले जानकारी दिनुभयो ।
