काठमाडाैं । प्रदेश-१ काे प्रदेश सभा बैठक केहीबेर बसेर स्थगित भएकाे छ ।
आज दिउँसाे २ बजेका लागि बाेलाइएकाे बैठक केहीबेर बसेर स्थगित भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । अर्काे बैठक आगामी फागुन ९ गते बस्ने बस्ने बताइएकाे छ ।
आजकाे बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासकाे प्रस्ताव पेस गर्ने कार्यसूची थियाे । बैठकअघि बसेकाे प्रदेश सभा कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले पनि साे प्रस्ताव पेस गर्ने सहमति जुटाएकाे थियाे । तर प्रस्ताव टेबुल नभइ बैठक स्थगित भयाे ।
