काठमाडाैं । सुदूरपश्चिम प्रदेशकाे प्रदेश सभाको हिउँदे (साताैं) अधिवेशन आजदेखि सुरु हुँदै छ ।
हिउँदे अधिवेशनकाे पहिलाे बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाकाे साताैं अधिवेशन माघ २६ देखि सुरू हुने जानकारी प्रदेश सभा सचिवालयले माघ २० गते नै दिएकाे थियाे ।
आजकाे बैठकमा सरकारबाट तर्फबाट पेस भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपाकाे मूलधारबाट पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल झलनाथ खनाल लगायत व्यक्तिहरू मूलधारबाट अल भएका छन् । त्यसकाे असर प्रदेश सरकारमा पनि परेकाे छ ।
कुल सांसद्मध्ये प्रदेश सभामा नेकपा ३७ सांसद् छन् । तीमध्ये प्रचण्ड समूहका सांसद् धेरै छन् । प्रचण्ड समूहका मुख्यमन्त्री त्रिलाेचन भट्टले १४ गते भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त पुस १४ गते बर्खास्त गर्नुभएकाे थियाे । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिनुभएकाे थियाे ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली धनगढी जाँदा समेत विघटनकाे विराेध गर्दै मुख्यमन्त्री भट्ट कार्यक्रममै सहभागी हुनुभएन ।
