काठमाडाैं । वाग्मती प्रदेशकाे प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । यसअघि माघ १९ गतेका लागि बाेलाइएकाे बैठक अघिल्लाे दिननै सूचना टाँसेर स्थगित भएकाे थियाे ।
प्रतिनिधि सभा विघटन भएलगत्तै प्रचण्ड समूह नेकपाकाे मूलधारबाट बाहिरिएकाे थियाे । प्रदेशमा पनि प्रदेश सरकारविरूद्ध साे समूहले गुट बनाएकाे थियाे । प्रचण्ड समूहका सांसद्हरूले मुख्यमन्त्री डाेरमणि पाैडेलविरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरेका छन् । साेही प्रस्तावका कारण बैठक प्रभावित हुँदै आएकाे छ ।
प्रदेश सभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका ३, राप्रपाका २, नेपाल मजदूर पार्टीका २ र स्वतन्त्र एक गरी १ सय १० जना सांसद् छन् । अविश्वासको प्रस्ताव पास वा फेल गर्न ५६ जना सांसद् चाहिन्छ ।
