काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई प्रतिनिधि सभाकाे अधिवेशन आह्वान गर्नुभएकाे छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले २३ गते अपरान्ह ४ बजेका लागि बैठक आह्वान गर्नुभएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभयाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बैठक बाेलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस पत्र पेस गरेकाे थियाे ।
सरकारको सिफारिसमा पुस ५ गते राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेर चुनावकाे घाेषणा गर्नुभएकाे थियाे । तर विघटनविरूद्ध सर्वाेच्च अदालतमा १३ वटा रिट परेका थिए । फागुन ११ गते सर्वाेच्चले विघटनसम्बन्धी निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक आव्हान गर्न आदेश दिएकाे थियाे ।
