काठमाडौं । नेपाली कांग्रेस संघीय सांसद्को संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।
बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकको विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको हो ।
प्रतिनिधि सभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने छ । कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म नेकपा र प्रचण्ड समूह दुबैलाई सत्ता समिकरणमा समर्थ नगर्ने जनाउँदै आएको छ ।
