काठमाडाैं । प्रचण्ड समूहले प्रतिनिधि सभा बैठक राम्राेसँग चल्न नदिने रणनीति बनाएकाे छ । पुर्नस्थापनापछि बसेकाे पहिलाे बैठककाे कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरु बैठकबाट बाहिरिएका हुन् ।
बैठककाे सुरूमै सांसद् भिम रावलले प्रतिनिधि सभा बैठकमा अध्यादेश पेस गर्ने कार्यसूची रहेकाे विराेध जनाउनु भएकाे छ । प्रतिनिधि सभा बैठककाे सुरूमै बाेल्दै भिम रावलले साे आपत्ति जनाउनु भएकाे हाे । उहाँले प्रश्न गर्नुभयाे - 'शाेक प्रस्ताव अरू कार्यसूची कहाँबाट आए ?' आफै हत्या गरेकाे प्रतिनिधि सभामा सरकारले आफै प्रस्ताव पेस गर्नु गलत भएकाे रावलले बताउनुभयाे ।
