काठमाडाैं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे विराेधकाबीच साे अध्यादेश आजकाे बैठकमाखपेस भएकाे हाे । पुर्नस्थापित प्रतिनिधि सभाक पहिलाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले अध्यादेश पेस गर्नुभएकाे हाे ।
अध्यादेश पेस गर्नका लागि सभामुखले मन्त्री श्रेष्ठलाई समय दिएलगत्तै कांग्रेस सांसद्ले उठेर विराेध जनाएका थिए । साेही क्रममा कांग्रेस सांसद् पुष्पा भुसालले साे अध्यादेश तत्काल फिर्ता गर्न माग गर्नुभयाे । त्यसपछि सभामुखले अध्यादेशकाे कार्यसूची अगाडि बढाउन खाेज्दा कांग्रेस सांसद् बालकृष्ण खाँडले समय लिएर बाेल्लै असंवैधानिक अध्यादेश भएकाले अगाडि बढाउन नहुने बताउनुभयाे । आफैले फिर्ता गरेकाे अध्यादेश सरकारले फेरि ल्याएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
तर विराेधकैबीच मन्त्री श्रेष्ठले प्रधानमन्त्रीका तर्फबाट अध्यादेश पेस गर्नुभयाे । अध्यादेश पेस भएलगत्तै कांग्रेस सांसद्ले केहीबेर नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकाेटाले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएकाे छ ।
