काठमाडाैं । प्रदेश-१ को प्रदेश सभा बैठक स्थगित भएको छ ।
चैत २ का लागि बोलाइएको प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभएकाे छ ।
प्रदेश मुख्यमन्त्री शेरधन राईविरूद्ध तत्कालीन नेकपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर फागुन २३ गते सर्वाेच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएकाे छ । याेसँगै मुख्यमन्त्री नेतृत्वकाे सरकार सुरक्षित छ । यद्यपि कसरी अगाडि बढ्ने भन्ने केही तय भएकाे छैन ।
