काठमाडौं । प्रतिनिधि सभाको भोलि बस्ने बैठकको संभावित कार्यसूची सार्वजनिक गरिएको छ ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको सोमबार बसेको बैठकले कार्यसूची तयार गरेकोे हो । बैठक पछि संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ । यसअघि प्रतिनिधि सभाका दुईवटा बैठक सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक नै नराखी चलाउनुभएको थियो ।
मंगलबारको कार्यसूचीमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पारित गरेसँगै भोलिको बैठक स्थगित हुने छ । प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएकोे छ ।
