काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको सोमबार बसेको बैठकले आजको बैठकको कार्यसूची तयार गरेकोे छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले कार्यसूची बनाएको हो ।
आजको कार्यसूचीमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पारित गरेसँगै आजको बैठक स्थगित हुने छ ।
