काठमाडाैं । प्रतिनिधि सभा बैठक चैत ६ गते बस्नेगरी स्थगित भएकाे छ ।
संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएकाे हाे । पुर्नस्थापित प्रतिनिधि सभा बैठक याे तेस्राे बैठक हाे ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्न ७ सदस्यीय अध्यक्ष मण्डल बनाउनुभयाे । सभामुखकाे अनुपस्थितिमा डा. डिला संग्राैला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेय मनोनित हुनुभएकाे हाे । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।
बैठकमा सभामुख सापकोटाले तत्कालीन संघीय समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पदमुक्त गरिएको सूचना सुनाउनुभयाे ।
