काठमाडाैं । प्रतिनिधि सभाले सभामुखकाे अनुपस्थितिमा बैठककाे अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्न ७ सदस्यीय अध्यक्ष मण्डल मनाेनित गर्नुभएकाे हाे ।
सभामुखकाे अनुपस्थितिमा डा. डिला संग्राैला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेय मनोनित हुनुभएकाे हाे । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएको छ ।
