काठमाडौं । शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा दुई वटा संवैधानिक आयाेगकाे प्रतिवेदन पेस हुने भएकाे छ ।
संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेकाे कार्यसूची अनुसार शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदन २०७७ पेस गर्नुहुनेछ । प्रधानमन्त्रीले नै राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले प्रतिनिधि सभा नियमावली २०७५ को उपनियम ४ बमोजिम सदस्यहरुबाट प्राप्त अनुपस्थितको सूचनाहरु स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
बैठकमा पूर्व राष्ट्रिय सभा सदस्य एवं संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
हेर्नुस् कार्यसूची:
