काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
शुक्रबारको बैठकमा सबैभन्दा पहिला सभमुखले प्रतिनिधि सभाका सदस्यहरुबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिको लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकमा पूर्वराष्ट्रिय सभा सदस्य एवं संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको छ । शोक प्रस्ताव पास भएसँगै शुक्रबारको बैठक सकिने छ ।
