काठमाडाैं । प्रतिनिधि सभाकाे अर्काे बैठक चैत १० गते बस्ने भएकाे छ ।
प्रतिनिधि सभाको आजको बैठकले पूर्व सभासद् एवं नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ । कोइराला २०५८को राष्ट्रिय सभा सदस्य, २०६३ को पुनर्स्थापित प्रतिनिधि सभा सदस्य एवं २०७० सालको संविधान सभामा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्नु भएको थियो ।
उहाँकाे ७१ वर्षको उमेरमा यही चैत ४ गते उपचारको क्रममा निधन भएको थियो ।
आजकाे बैठकमा सत्तारुढ र प्रतिपक्षी गरी सात जना सांसद्ले बाेल्नुभएकाे थियाे ।
