काठमाडाैं । नेपाल मजदूर किसान पार्टीका सांसद् प्रेम प्रेम सुवालले प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णय सही थियाे भन्ने पुष्टि हुँदै गएकाे बताउनु भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् सुवालले पुर्नस्थापनापछि अस्थिरता र सांसद् किनबेचकाे खेल सुरु भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'पुर्नस्थापनापछि अस्थिरता र सांसद् किनबेचकाे श्रृंखला बढ्ने चिन्ता जनतामा छ । नेमकिपाले प्रतिनिधि सभा विघटन र चुनावमा जाने कुरालाई औचित्यपूर्ण देखेकाे कुरा यसअघि नै बताइसकेकाे उहाँले प्रष्ट पार्नुभयाे ।
देशलाई अस्थिरताबाट जाेगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नुभएकाे कदम सही रहेकाे पनि उहाँले बताउनुभयाे । 'संसदीय व्यवस्थामा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीलाई आफ्नै पार्टीका सांसद वा विपक्षी सांसदले काम गर्न दिएनन् भने संसदको विघटनको अधिकार प्रधानमन्त्रीलाई दिनुपर्छ, यसो गरिएन भने देश अस्थिरता तर्फ जान्छ ।'
प्रतिनिधि सभा पुर्नस्थापना भए पनि बैठक नियमित नहुनु दुःखद् भएको भएकाे उहाँले बताउनुभयाे । ‘साना दललाई निषेध गर्न गरिएको मत सीमालाई हटाउनुपर्छ, कालापानीलगायत देशका अतिक्रमणमा परेका क्षेत्र र जनहितका विषयमा सरकारले ठीक समयमा ठीक निर्णय लिएर अघि बढ्न सक्नुपर्छ’- उहाँले
नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै उहाँले भारतसँगको खुला सीमा बन्द गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'भारतको संलग्नतामा प्रतिनिधि सभा पुर्नस्थापना गरिएको अनुमान छ, नेपालमा अब भारत अनुकूल सरकार गठन हुने पनि बताइन्छ, यस्ता चलखेल दोहाेरिन नदिन भारतसँगको खुला सीमा बन्द गर्नु जरुरी छ ।'
सांसद् सुवालले कोरोनाविरुद्धको खोप खरिदमा १० प्रतिशत कमिसनको चलखेल भएको समाचार सार्वजनिक भएका भन्दै यस विषयमा सरकारले जवाफ दिनुपर्ने पनि बताउनुभयाे ।
