काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेकपा एमाले र माओवादी केन्द्र एक हुनुपर्ने बताएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै जनमाेर्चाकी सांसद् दुर्गा पौडेलले संविधानका उपलब्धिलाई बचाउन पनि एमाले र माओवादी पुन: मिल्नुपर्ने बताउँनुभयाे । अहिलेको समस्याको समाधान भनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएकै सांसद् पौडेलले बताउनुभयो ।
सांसद् पौडेलले प्रधानमन्त्री ओली अल्पमतमा परेकाले राजीनामा दिएर संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयाे । प्रधानमन्त्री ओलीकै कारणले लोकतन्त्र खतरामा पर्ने पौडेलले बताउनुभयाे
