काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका विभिन्न समितिका सभापतिहरूसँग छलफल गर्नुभएकाे छ ।
सिंहदरबारस्थित सभामुख कार्यकक्षमा आइतबार दिउँसाे छलफल भएकाे हाे । समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायत विषयमा छलफल भएको सभामुखकाे सचिवालयले जनाएकाे हाे ।
