काठमाडौं । प्रतिनिधि सभा बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेस भएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा भामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन पेस भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ती प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सो समितिको वार्षिक प्रतिवेदन २०७७ पनि बैठकमा पेस गर्नुभयो ।
आजको बैठकको शून्य समयमा बोल्दै सांसद्हरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । प्रतिनिधि सभाको अर्काे बैठक यही चैत १८ गते बस्नेछ ।
