काठमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक चैत ३० गतेको लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ ले बैठक आह्वान गर्नुभएको हो ।
बैठक चैत ३० गते दिनको १ बजेको लागि बोलाइएको छ । सत्तारुढ दल जनता समाजवादी पार्टीको संसदीय दलको नेता चयन नहुँदा प्रदेश सरकारले बैठक सिफारिस गर्न ढिलाइ गरेको थियो । अहिले पनि सत्तारुढ दलको संसदीय दलका नेता चयनहुन सकेका छैनन् ।
