काठमाडाैं । प्रदेश-१ काे प्रदेश सभा बैठक चैत २३ गते बस्ने भएकाे छ ।
प्रदेश सभाकाे हिउँदे अधिवेशनकाे चाैथाे बैठक चैत २३ गते दिउँसाे २ बजेका लागि बाेलाइएकाे प्रदेश सभा सचिवालयले आइतबार सूचना निकालेर जानकारी दिएकाे हाे ।
गत चैत १ गते अनिश्चितकालका लागि बैठक स्थगित गरिएकाे थियाे । प्रदेश-१ काे हिउँदे अधिवेशन माघ ७ गते सुरु भएको थियो ।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपाका केही सांसद्ले मुख्यमन्त्री शेरधन राई विरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सर्वाेच्चले फागुन ११ गते प्रतिनिधि सभा पुर्नस्थापना गरेकाे थियाे ।
सर्वाेच्च अदालले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएकाे थियाे । एमाले ब्युँतिएपछि चैत ११ गते बसेकाे प्रदेश-१ एमाले संसदीय दलकाे बैठकले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन आफ्ना सांसद्लाई निर्देशन दिएकाे थियाे । माधव नेपाल गुटका सांसद् हस्ताक्षर फिर्ता लिन तयार भएका छन् । याेसँगै प्रदेश-१ मा एमालेकाे सरकार सुरक्षित भएकाे छ ।
