काठमाडौं । बुधबार बस्ने प्रतिनिधि सभा बैठककाे कार्यसूची सार्वजनिक गरेकाे छ ।
संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बुधबारको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस हुनेछन् ।
भोलि दिउँसो १ बजे बस्ने बैठकमाराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी र पहिलो संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
