काठमाडौं । नेमकिपाका सांसद् प्रेम सुवालले कोरोना फैलिन नदिन नेपाल–भारत सीमा नाकामा कडाइ गर्नुपर्ने बताउनु भएको छ ।
खुला सीमानाका कारण भारतबाट नेपालमा कोरोना फैलिने डर भएकाले सीमा नाकामा क्वारेन्टिन बनाएर सत्तारुढ पार्टीले आफ्ना कार्यकर्ता खटाउनुपर्ने बताउनुभयो । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद् सुवालले भन्नुभयो – ‘सरकारमा गएका पार्टीका कार्यकर्ताहरुलाई सिमानामा क्वारेन्टाइन बनाएर खटाउन आवश्यक छ ।’
परीक्षणलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्दै उहाँले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गम्भीर बन्न सुझाव दिनुभयो ।
सांसद् सुवालले चीनबाट नेपालमा खोप ल्याउनु सरकारको सकारात्मक कदम भएको उहाँले बताउनुभयो । जिल्ला जिल्लाका अस्पतालमा गुणस्तरीया स्वास्थ्य सेवा उपलब्ध गराउन सुवालले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
