काठमाडाैं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस दुई जना न्यायाधीशहरुको सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ ।
संसदीय सुनुवाइ समितिकाे आइतबार बसेकाे बैठकले प्रस्तावित न्यायाधीशद्वय नहकुल सुवेदी र डा. कुमार चुडालको सुनुवाइकाे मिति तय गरेकाे हाे । आज उजुरीकर्तासँग छलफल गर्दै न्यायाधीशमा सिफारिस सुवेदी र चुँडाललाई संसदीय सुनुवाइका वैशाख ३ गते बाेलाउने निर्णय गरिएकाे समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयाे ।
उहाँका अनुसार दुई जना न्यायाधीशमाथि ७ वटा उजुरी परेका थिए । सुवेदीविरुद्ध पाँच र चुँडालविरुद्ध दुई वटा उजुरी परेका थिए । चुँडालविरुद्धका उजुरीकर्ता समितिमा नआएका उहाँले बताउनुभयाे । सुवेदीविरुद्धका ५ जना उजुरीकर्तामध्ये ४ जना मात्र समितिकाे बैठकमा उपस्थित भएका कर्णले जानकारी दिनुभयाे ।
