काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । आज बस्ने बैठकमा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।
आजयको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुने छ । संघीय संसद् सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरिने छ ।
यसैगरी बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन ०७७ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ पनि पेश गर्नुहुने आजको कार्यसूची रहेको छ ।
