काठमाडौं । एमालेका सांसद् महेश बस्नेतले प्रतिनिधि सभाको शून्य समयमा कविता शैलीको भाषण गर्नुभएको छ ।
उहाँको काव्यात्मक भाषण यस्तो छ–
चुनाव अघि गठबन्धन बनाएँ चुनाव जितेपछि एकिकरण गराएँ सरकार बनाउँदा आधा कार्यकाल मागें कार्यकारी अध्यक्ष पाएपछि भइगयो भनेर छाडें कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागें संसद बिघटन गरेर परिवर्तनको घोषणा गरें निर्वाचनको घोषणा गरें, लोकतन्त्र संकटमा पर्यो भनेर भनेर कराएँ प्रतिगमन भयो भनेर चिच्याएँ आन्दोलन गराएँ मिसन मिडिया चलाएँ वकिल नागरिक समाज उचालें अदालत गुहारें निर्वाचन आयोग धाएँ माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ सेटिङको हल्ला चलाएँ संसदीय दलको नेता बनें अध्यक्ष घोषणा गरें ११ गतेको फैसलाले मख्ख परें, लड्डु खाएँ, अबिर दलें कांग्रेस र जसपाको अफिस धाएँ नागरिक समाजको डबली धाएँ २३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ विश्वासको मत फिर्ता लिन्छु भन्छु सक्दिनँ अबिश्वासको प्रस्ताव ल्याउछु भन्छु सक्दिन्ँ नयाँ गठबन्धन बनाउन खोज्छु सक्दिनँ प्रधानमन्त्री बन्नुस भन्दा कसेले टेर्दैन अब प्रधानमन्त्रीले विश्वासको मत लिनै पर्छ नैतिकताको आधारमा राजीनामा दिनै पर्छ लडाकु प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने प्रधानमन्त्रीको कुर्सी खाली छ केपी ओलीको अघि मेरो केही लागेन जसपा मानेन्, कांग्रेस जागेन ।
-आइएनए न्युज एजेन्सी
