काठमाडौं । एमालेमा लागेका आफ्ना चार सांसद्लाई माओवादी केन्द्रले बर्खास्त गरेको छ ।
एमाले प्रवेश गर्नुभएका रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसद् पद नरहने गरी बर्खास्त गरिएको पत्र माओवादीले प्रदेश सभा सचिवालयलाई पठाएको छ ।
माओवादीले चारै जनालाई सांसद्लाई चैत २७ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो । सांसद्हरुबाट जवाफ नआए पछि बर्खास्त गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ । चार जना सांसदलाई कारबाही गरिएको पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
एमालेमा लाग्नु भएका सबै सांसद्ले माओवादी केन्द्र अब इतिहास भएको र एमाले भबिष्य भएको बताइसक्नुभएको छ ।
