काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आउने वैशाख ३ गते बस्ने भएको छ । ६ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।
प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य भएको ६ महिनापछि शुक्रबार सातौँ अधिवेशन सुरु हुन लागेको हो । ३ गते संसद् बैठक बोलाउन मन्त्रीपरषद्को बैठकले सिफारिस गर्ने निर्णय गरेको छ ।
कर्णालीमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अहिले अल्पमतमा छ । त्यसैले ३ गते बस्ने बैठकलाई चासोका साथ हेरिएको छ ।
अल्पमतमा रहनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत लिने बताउँदै आउनुभएको छ । उहाँले एमालेका माधव गुटका सांसदले फ्लोर क्रस गरेर भोटीङ गर्ने आश गर्नुभएको छ ।
