काठमाडाैं । कर्णालीमा नेपाली कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने भएको छ ।
कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले साे जानकारी दिनु भएकाे हाे । कांग्रेसका लागि एमाले र माओवादी दुवै एकै भएपनि ‘निमुखालाई न्याय गर्ने’ नीति अनुसार मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिइने शाहीले बताउनुभयाे ।
आफूहरुमा पद लाेलुपता नभएकाले सानाेलाई साथ दिइएकाे उहाँले बताउनुभयाे । आफूहरुले मत दिए पनि मुख्यमन्त्रीको बहुमत नपुग्ने बताउँदै शाहीले भन्नुभयाे - 'राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन, जो कमजोर छ, उसैलाई मत दिने भयौँ, हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं ।’
