काठमाडौं । प्रदेश-१ काे प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य भएकाे छ ।
विपक्षी सांसद्हरुकाे नाराबाजीबीच प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य भएकाे हाे । हिउँदे अधिवेशनकाे अन्तिम बैठकमा सभामुख प्रदिप भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई सम्बाेधन गर्न समय दिएपछि विपक्षी दलका सांसद्ले उठेर विरोध गरे । सभामुखले पटक-पटक बस्न आग्रह गरेपनि उनीहरुले मानेनन् । त्यसपछि सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट हिउँदे अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाउनुभयाे ।
आज राति १२ बजेबाट लागू हुनेगरी प्रदेश सभाकाे सातौँ तथा हिउँदे अधिवेशन अन्त्य हुने पत्रमा ल्लेख छ । पत्रमा लेखिएको छ – ‘प्रदेश १ मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार १२ बजेदेखि प्रदेश सभाको सातौँ तथा चालू हिँउदे अधिवेशन अन्त्य हुनेछ ।’
प्रदेश-१ प्रदेश सभाकाे हिउँदे अधिवेशन माघ ७ गते सुरु भएकाे थियाे ।
