काठमाडौं । सरकारले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
अब एकै पटक संघीय संसद्को बजेट अधिवेशन बस्नेछ । संघीय संसद्मा जेठ १५ का दिन बजेट पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश हुनु अघि सरकारले संसद्मा नीति तथा कार्यक्रम पेश गर्नेछ भने पूर्व बजेट छलफल पनि गराउनुपर्ने हुन्छ । यसका लागि जेठको सुरुमै अधिवेशन आव्हान गर्नुपर्ने हुन्छ ।
राजनीतिक दलहरु बीच चलिरहेको तिब्र खिचातानी तथा सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगर्दा प्रतिनिधि सभाको यो अधिवेशन उपलब्धी रहित हुन पुगेको मानिएको छ ।
