काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ ।
वैशाख १३ गते बस्नेगरी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले वैशाख २ गतेदेखि लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।
सोही दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका कांग्रेस, माओवादी र जसपाका गरेर २८ सांसद्ले विषेश अधिवेशन माग गरेका थिए ।
सोही अनुसार प्रदेश प्रमुख अमिक शेरचनल विशेष अधिवेशन बोलाउनुभएको हो ।
