काठमाडौं । गण्डकी प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
नेकपा एमालेका सांसद्हरुकाे पीसीआर परीक्षण नगरी बैठक सञ्चालन गर्न नहुने भन्दै विराेध जनाएपछि बैठक २० मिनेटका लागि बैठक स्थगित गरिएकाे हाे । बैठककाे सुरुमै बाेल्दै एमाले सांसद् राजिव पहारीले पीसीआर गरेपछि मात्र सदन सुरु गर्न ध्यानाकर्षण गराउनुभयाे ।
संक्रमण दर तीव्र रूपमा फैलिएकाले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उहाँले माग गर्नुभयाे । सबैको सर्वसहमतिमा कार्यसूची तय भएकाले बैठकमा सहभागी हुन सभामुख नेत्रनाथ अधिकारीले अनुरोध गरेपनि एमाले सांसदहरू उठिरहेपछि बैठक स्थगित भएकाे हाे ।
साेमबारदेखि सुरु भएकाे प्रदेश सभाकाे विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध ल्याइएकाे अविश्वास प्रस्तावमाथि छलफल चलिरहेकाे छ ।
