काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको लागि प्रतिनिधि सभा बैठकमा मत विभाजनको काम सुरु भएको छ ।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेको औचित्यता बारे बोल्नु भएपछि संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुले बोल्नु भएको थियो । त्यस पछि प्रधानमन्त्री केपी शर्मा ओलीले
उहाँहरुले उठाउनुभएको विषयलाई सम्बोधन गर्दै आफ्नो भनाइ राख्नु भएको थियो ।
प्रधानमन्त्रीले भनाइ राखेपछि मत विभाजनको प्रक्रिया सुर भएको छ । कोभिड संक्रमित प्रतिनिधि सभा सदस्यलाई मतदानको लागि लोत्से हलमा छुट्टै व्यवस्था गरिएको छ ।
