काठमाडाैं । गण्डकी प्रदेशको प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ १६ गतेबाट सुरु हुने भएको छ ।
मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले आगामी जेठ १६ गते बजेट अधिवेशन बाेलाउन प्रदेश प्रमुख सिता कुमारी पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।
अधिवेशन पोखरा सभागृहमा हुनेछ ।
