काठमाडौं । वाग्मती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाले रोगबाट जनतालाई बाहिर निकाल्ने कुरा अहिलेको प्राथमिकता हुनुपर्ने बताउनुभएको छ ।
सोमबार वाग्मती प्रदेश सभा बैठकमा बोल्दै नेता बानियाले कोभिड संक्रमितको उपचार र खोपको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘खोप र रोगबाट कसरी निकास दिने, केन्द्र र प्रदेश सरकार यता लाग्ने कि नलाग्ने ? खोपको व्यवस्था कसरी गर्ने, खोप कसरी दिने, रोग कसरी नियन्त्रण गर्ने ?’, उहाँले प्रश्न गर्नुभयो ।
गाउँगाउँमा रहेका तालिम प्राप्त स्वास्थ्यकर्मीलाई नियुक्त गरेर रोग नियन्त्रणमा लाग्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
केन्द्र सरकाले ल्याएको जनमुखी बजेटको उहाँले विरोध जनाउनुभयो । प्रतिनिधि सभा विघटन भएको अवस्थामा सरकारले एक वर्षको बजेट ल्याउन नमिल्ने उहाँले बताउनुभयो ।
बानियाले केन्द्र सरकारको बजेट चुनावमा भोट तान्ने खालको भएको आरोप लगाउनुभयो । कोभिड कालमा खानेपानी र विद्युत महशुलमा छुट दिने कुराको समेत उहाँले विरोध जनाउनुभयो । उहाँले सरकारका जनमुखी कार्यक्रम चुनावलाई प्रभाव पार्ने र भोट तान्ने खालका भए पनि अब त्यस्ता कुराले जनता प्रभावित नहुने बताउनुभयो ।
