काठमाडौं । प्रदेश–२ को प्रदेशसभा बैठक आजबाट सुरु हुँदैछ ।
प्रदेश सभाको अधिवेशन आज दिउँसो एक बजेबाट बस्न लागेको हो । प्रदेश प्रमुख डा. राजेश झाले प्रदेशसभाको छैटौं अधिवेशन आह्वान गर्नुभएको हो । यो प्रदेश सभाको बजेट अधिवेशन हो ।
आजको कार्यसूचीमा दलका नेताहरूले शुभकामना दिने र प्रि–बजेटमाथि छलफल सुरु गर्ने उल्लेख छ ।
