काठमाडौं । प्रदेश २ को प्रदेश सभामा सोमबार आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक पेश भएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले बजेट तथा कार्यक्रमको नीति, उद्देश्य र प्राथमिकता प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको हो ।
प्रदेश सभा बैठकमा सरकारको नीति र प्राथमिकता पेश भएको बेला जसपाकै महन्थ ठाकुर पक्षका प्रदेश सभा सदस्यले भने सोमबारको प्रदेश सभा बैठक वहिष्कार गर्नुुभएको छ । लालबाबु राउत नेतृत्वको जसपा सरकारका चार जना मन्त्रीलाई आइतबार राति राउतले बर्खास्ता गर्नुभएको थियो । जसपाको ठाकुर पक्षका ती मन्त्रीलाई निकालेको बिरोधका उहाँहरुले बैठक वहिष्कार गर्नुभएको हो ।
बजेटको प्राथमिकता बारे जानकारी गराउँदै आर्थिक मामिला तथा योजना मन्त्रीले कोभिडको कारण संकटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउने रहेको जानकारी दिनुभयो ।
प्रदेश सभाको अर्को बैठक जेठ २५ गते मंगलबार दिउसो १ बजे पुनः बस्ने छ । सो बैठकमा विनियोजन विधेयक माथि छलफल हुने भएको छ ।
