काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले आज आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।
प्रदेश सरकारले प्रदेश सभामार्फत आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेकाे हाे । नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज अपरान्ह ४ बजे प्रदेश सभाको बैठक बस्न लागेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभामा प्रस्तुत गर्न आग्रह गर्ने निर्णय गरेको हो । साेही अनुसार आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएकाे हाे ।
काेभिड राेकथाम केन्द्रित बजेट ल्याउने प्रदेश सरकारकाे तयारी छ ।
