काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले लिन लागेको विश्वासको मत माथि मतदान सुरु भएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत लिन प्रस्ताव गर्नुभएपछि आज मतदान हुन लागेको हो ।
कूल ५२ जना सदस्य रहेको प्रदेश सभामा विश्वासको मत जित्न २७ जना सदस्य आवश्यक पर्दछ । प्रदेश सभामा माओवादीका १३ जना संसद् छन् ।
एमालेका सभामुख सहित २५ जना सांसद् छन् । एमालेका माधव गुटका १७ जना प्रदेश सभा सदस्य माओवादीको पक्षमा उभिएपछि सरकारलाई आवश्यक पर्ने मत पुग्ने निश्चित भएको छ ।
यस अघिमुख्यमन्त्री त्रिलोचन भट्टले बैठकलाई सम्बोधन गर्दै आफूलाई मतदान गर्न प्रदेश सभा सदस्यलाई आग्रह गर्नुभएको थियो । उहाँले कुनै दल विशेषसँग नभई सबै सांसद्सँग मत मागेको बताउनुभएको थियो ।
