काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज पनि बोलाइएको छ ।
फौजदारी आरोप प्रमाणित भई सजाय समेत भोग्नुभएका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै अवरुद्ध भएको प्रदेश सभा बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको छ ।
सोमबारबाट सुरु भएको प्रदेश सभा बैठकमा नेकपा एमालेले फौजदारी अभियोग प्रमाणित भएका थापालाई पदबाट हटाउनु पर्ने माग राख्दै आएको छ । उहाँको राजीनामा नआएसम्म प्रदेश सभा बैठक अघि बढ्न नसक्ने अडान नेकपा एमालेले राख्दै आएको छ । जसको कारण सोमबार र मंगलबारको बैठक अवरुद्ध भएको थियो ।
विवाद समाधानको लागि सरकारी पक्ष र एमाले बीच वार्ता भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन । छलफल निष्कर्षमा नपुगेकै अवस्थामा आज पुनः बैठक बोलाइएको छ ।
