काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
संघीय संसद् सचिवालय सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।
एमालेका लागेकाे भन्दै चन्द्रबहादुर खड्कालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त पदमा भएको लुम्बिनीकाे उपचुनावमा पाण्डे निर्वाचित हुनुभएकाे हाे । कांग्रेससहितकाे विपक्षी गठबन्धनका साझा उम्मेदवार पाण्डेले उपचुनावमा एमालेका खड्कालाई हराउनुभएकाे हाे ।
