काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउने भएको छ ।
सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ल्याउन लागेको हो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नको लागि दिउँसो चार बजे प्रदेश सभा बैठक बोलाइएको हो ।
बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।
